फागुन २९, निजगढ ।बारा प्रहरीले चर्को अवाजमा डिजे बजाउने ३ जनालाई गाडिसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९बस्ने मनौवर मियाँ, जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २० बस्ने गाडी चालक मुन्नाकुमार साह र वडा नम्बर १२ बस्ने डिजे धनि मोहित चौधरी छन्।
उनिहरुलाई कलैया उपमहानगर क्षेत्रमा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेकाहरुमाथी आवश्यक अनुसन्धान शुरु गरिएको उपरीक्षक न्यौपानेले बताए।
बारा प्रहरीले फागुन २५ गते प्रेस बिज्ञप्ती जारी गरि चर्को स्वरमा डिजे बजाएर ध्वनी प्रदुषण नगर्न आग्रह गरेको थियो ।



