चैत्र ४, निजगढ। बारास्थित प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, निजगढ शाखाले घातक रोग लागेका एकजना बीमितलाई १० लाख रुपैयाँ प्रदान गरेको छ।उक्त ईन्स्योरेन्समा घातक रोग लाग्दा सुविधा पाईने शिर्षकमा बीमा गराएका निजगढ नगरपालिका-२ सिंगौलका सन्तोष दर्लामीले बीमांक रकमको दाबी भुक्तानी रकम १० लाख रुपैयाँ प्राप्त गरेका हुन्। कंपनीले दर्लामीको घरमै पुगि उनको आमा र दिदीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।


चेक हस्तान्तरण कार्यक्रममा कार्यवाहक वडाध्यक्ष पुष्कल खड्का,इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख सुदिष्ट गुप्ता,निजगढ शाखाकी कार्यलय प्रमुख अमृताकुमारी बस्नेत, अभिकर्ताहरु शारदा बिष्ट, रुपा बिष्ट, लक्ष्मी लामिछाने, मेनुका थापा,सरस्वती तिमल्सिना, संगीता थापा तथा सावित्री थापा लगायतको उपस्तिथि थियो।
दर्लामीको दुबै मृगौला बिग्रीएर प्रत्यारोपण गरिएको छ। हाल उनी उपचारको शिलशिलामा काठमाडौमै छन्। उनको अभिकर्ता शारदा विष्टले बीमा गराईदिएकी थिईन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय