चैत्र २४,हेटौंडा । गायक रबि ओडमाथी बलात्कारको आरोप लागेको छ।ओडविरुद्ध उनकै पत्निले वैवाहिक बलात्कार गरेको भन्दै कंचनपुर प्रहरीमा जाहेरी दिएकी हुन्। कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले गत २० गते जाहेरी दिएकी प्रहरीले जानकारी दिएको छ।ओडविरुद्ध जिल्ला अदालत कंचनपुरबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको प्रहरीले जनाएको छ।ओड गायन रियालिटी शो नेपाल आईडल सिजन-२का विजेता हुन्।ओड हाल सांगीतिक कार्यक्रमको सिलसिलामा जापानमा रहेको जनाईएको छ।



