चैत्र २३,हेटौंडा।चितवनमा मासु खाँदा घाँटिमा हड्डी अड्किएर एक युवकको ज्यान गएको छ।चितवनको भरतपुर महानगरपलिका–१ स्थित शरदानगर बस्दै आएका २२ वर्षिय करण सुनारको घाँटीमा हड्डी अड्किएर मुत्यु भएको हो। तनहुँको सिद्धेश्वर नगरपालिकाका करण भरतपुरमा आफ्ना काकाको घरमा बस्दै आएका थिए। मासु खाँदा घाँटीमा हड्डी अड्किएपछि करणलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो।
काकाकै घरमा बसेर आराम गरिरहेका उनको हिजो स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो।
भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।



