चैत्र २७,हेटौंडा ।राष्ट्रिय संगीतकर्मी संघ मकवानपुरले हेटौंडामा एकल लोक गायन प्रतियोगिता आयोजना गर्ने भएको छ।संघले नयाँ वर्षको अवसर पारेर खुल्ला लोक गयान प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगिताका लागि २०८१ साल बैशाख ११ गते देखि अडिसन लिईने संघका अध्यक्ष अजित लोप्चनले मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
प्रतियोगितामा उमेरको हदबन्दी नहुने र देशभरका सबैले सहभागिता जनाउन पाईने उनले बताए।
प्रतियोगिता हेटौंडा-१० स्थित हेटौंडा दोहोरी हाउसमा संचालन हुनेछ।
प्रतियोगिताको बिजेताले नगद २० हजार,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय र तृतीय हुनेले क्रमशः १५ र १० हजार तथा उत्कृष्ट आवाज हुने दुईजनालाई प्रोत्साहन स्वरुप जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने संघका सचीव आर.पी सापकोटाले जानकारी दिए।



