बैशाख ११,हेटौंडा ।हेटौंडामा आयोजित खुल्ला एकल लोक गायन प्रतियोगिता अन्तर्गत पहिलो चरणको अडिशन सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी १८ जना प्रतियोगीहरु मध्येबाट १५ जना दोश्रो चरणमा प्रवेश गरेका छन्।प्रतियोगितामा मकवानपुर,बारा,चितवन,रामेछाप,काठमाडौ,चितवन,गोर्खा,बाँके र पश्चिम रुकुमका प्रतियोगीहरुले सहभागिता जनाएका थिए।
उनिहरुले पहिलो अडिशन बिना बाद्यवादन गाएका हुन्।प्रतियोगितामा निर्णायक रहेका आरपी सापकोटा र अनिता मोक्तानले सुर,ताल,शब्द उच्चारण,स्वर र गायनकलाको आधारमा प्रतियोगीहरु छनौट गरेका थिए।

दोश्रो चरण प्रवेश गरेका प्रतिश्पर्धीहरु।
अडिशन अघि युवा समाजसेवी सानु दोङ लामाले मैनबत्ती प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। सानु लगायत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरका अध्यक्ष रबिन्द्र थिङ,तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लोप्चन,राष्ट्रिय संगीतकर्मी संघ मकवानपुरका सदस्य दीपराज खत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए।
संगीतकर्मी संघ मकवानपुरका अध्यक्ष अजित लोप्चनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संचारकर्मी शान्त सापकोटाले गरेका थिए।



