बैशाख १२,हेटौंडा ।मकवानपुर प्रहरीले बसको डिकिमा फेला पारेको ३ सय ओटा कटेरो जातका चराहरु नियन्त्रणमा लिई जंगलमा छाडेको छ।बुधबार राती रातोमाटे चेकपोइन्टमा गाईघाटबाट काठमाडौ तर्फ जाँदै गरेको बा.प्र-०३-००१ख १६८२ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा डिकिभित्र उक्त चराहरु बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
वन कार्यालयका कर्मचारीले उक्त चराहरु कटेरो जातको बताएको प्रवक्ता भण्डारीले बताए।चराहरुलाई वन कर्मचारीहरुको रोहवरमा आज बिहान जंगलमा नै छाडिएको उनले बताए। कटेरो चरालाई तोप र ईन्जिनियर चरा भनेर पनि चिनिन्छ।यसले नरिवल,सुपारी,सल्ला लगायतको रुखमा कलात्मक ढंगले गुँड बनाउने गर्छ।
उक्त चरा कसले के प्रयोजनका लागि ल्याएको भन्ने बारे प्रहरीले केही खुलाएको छैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय