बैशाख १३,हेटौंडा ।मकवानपुरमा बाटोमा लडेर घाईते भएका एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा राक्सिराङ-४ का ४१ बर्षिय ईमानसिङ थिङ छन्।
थिङ मंगलबार आफ्नै गाउँघरमा डुलि घरतर्फ जानेक्रममा अचानक बाटोमा लडेर घाईते भएका थिए।टाउकोमा गहिरो चोट लागेका थिङलाई उनका आफन्तहरुले भोलिपल्ट दिउँसो (बुधबार)भरतपुरस्थित सरकारी अस्पताल लगेका थिए।
उनको उपचारकै क्रममा आज बिहिबार बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता,डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय