बैशाख १७,हेटौंडा।बसको ठक्करबाट घाईते भएका भिमसेन बजगाईंको मृत्यु भएको छ।मकवानपुरको बकैया गाउँपालिकाका नगर प्रहरी समेत रहेका बजगाईंको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचारकै क्रममा आईतवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
मोटरसाइकलमा सवार बजगाईँलाई शुक्रबार अपरान्ह धरान-चतरा सडकखण्डको तीनतले भन्ने स्थानमा बा २ ख ६९४३ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएर गम्भीर घाईते बनाएको थियो।
बस र बसका चालक ललितपुर सुबानीका २६ वर्षिय सोमलाल भोलनलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय