बैशाख १८, हेटौंडा।भारतमा काम लगाई दिन्छु भनि झण्डै ४ लाख रुपैयाँ ठगि गर्ने १ जनालाई मकवानपुर प्रहरीले हेटौंडाबाट पक्राउ गरि सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा बझाङको छविसपाथीभेरा गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २५ को सन्तोष थापा छन्।
थापाले भारतमा राम्रो आम्दानी हुने काम लगाई दिन्छु भनि मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २६ का सुरेश थिङसँग दुई लाख चार हजार दुई सय उनाननब्बे रुपैयाँ र चितवनको राप्ती नगरपालिका वडा नं.४ भण्डारा बस्ने बर्ष २९ का रोशन घिमिरेसँग एक लाख बयानब्बे हजार असुली भारतको मुजफ्फरपुर पुर्याई भने बमोजिमको काममा नलगाई फरार भएका थिए।पिडितहरुको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा थापालाई गत११ गते हेटौँडा बसपार्कबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
थापालाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट सोहि मितिबाट लागु हुने गरि ८ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय