बैशाख १९,हेटौंडा। मकवानपुरको वागमतीमा करेन्ट लागी २ ओटा राँगा मरेका छन्।एकजना मानिस घाईते भएका छन्।
वागमती गाउँपालिका-२ बेलारदहका रत्न पहरी र ज्ञानबहादुर थिङको एक/एक ओटा राँगा चर्ने क्रममा करेन्ट लागि मृत्यु भएको हो।
मकवानपुर प्रहरीका अनुसार मंगलबार साँढे ५ बजे बेलारदह स्थित बागमती खोलाबाट तरकारी बालिमा लैजानको लागि स्थानियले चलाएको मोटरबाट आएको पानिमा करेन्ट लागि दुवै राँगोको मृत्यु भएको हो। राँगोलाई बचाउने क्रममा सोही ठाउँका बर्ष ५५का गोपाल पहरी पनि करेन्ट लागि सामान्य घाईते भएका छन्। गोपाललाई उपचारार्थ स्थानिय राईगाँउ स्वास्थ्य चौकिमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय