बैशाख २१,हेटौंडा। कान्तीलोकपथ अन्तर्गत हेटौंडा -काठमाडौ सडक खण्डको ललितपुर क्षेत्रमा भिरबाट माटो झरेर बाटो अवरुद्ध भएको छ। शुक्रवार बिहानै झरेको माटोका कारण बाटो भासिएको हुँदा मोटरसाइकल समेत छिर्न नसक्नेगरी बाटो अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी गराएको छ।
सो क्षेत्रमा अहिले सरसफाईको काम भैरहेको र सफा गर्न कम्तिमा ४/५ घण्टा लाग्ने प्रहरीले जनाएको छ।
ललितपुरको काल्चे क्षेत्रमा बाटो मर्मत गर्न गत चैत्र १ गते देखि बैशाख १५ सम्म ४५ दिन बन्द भएको यो सडक केही काम बाँकी रहेको कारण दैनिक ३ घण्टा सुचारु भएको थियो।



