बैशाख २३,हेटौंडा । काठमाडौँको शंखरापुर नगरपालिका–६ साँखुमा पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटकी ३० वर्षीया मिनिषा कोइरालाको पानी तान्ने क्रममा करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।
साँखुस्थित सख्वाँ डेरीमा विद्युत् सर्ट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनासम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



