बैशाख २४,हेटौंडा । धनुषाको शुभश्री सहकारीका कर्मचारीले बोकेको ८० लाख रुपैंया लुटपाट भएको छ । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२ स्थित हिमालयन बैंकबाट रकम निकालेर रघुनाथपुर स्थित शुभश्री बचत तथा ऋण सहकारीतर्फ लैजाँदै गर्दा ३ जना अपरिचितले रकम लुटेर भागेका हुन्।
सोमबार मोटरसाइकलमा आएका ३ जना लुटेराहरुको समुहले सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोको साथमा भएको पैसाको झोला लुटेर फरार भएका धनुषा प्रहरीले जनाएको छ।
घटनामा संलग्नहरूको खोजी भइरहेको मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले बताएका छन्।





