बैशाख २८,हेटौंडा । सामाजिक सञ्जालमा श्रीमतीको नाममा फेक अकाउन्ट बनाएर श्रीमतीकै चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एकजना श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भई काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बा छन्।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साईबर ब्युरोले जनाएको छ।
पीडितकी दिदीले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दा फुर्साङले नै चरित्रहत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
ब्युरोका अनुसार वैदेशिक रोजगारीमा हुँदा श्रीमतिसँग ह्वाट्स एपमा आदान प्रदान गरेको गोप्य अंग देखिने फोटो र भिडियो फुर्साङले सामाजिक सञ्जालमा अपलोड गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय