बैशाख ३०,हेटौंडा । चितवनमा आज बिहान स्कुल बसमा भएको पेट्रोल बम प्रहारको जिम्मा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले लिएको छ।
विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) चितवन अध्यक्ष सुमनाले विज्ञप्ति निकालेर घटना आफूहरूको कार्यकर्ताले गराएको भनेकी छन्। घटना भएको केहीबेरपछि विज्ञप्ति जारी गर्दै अनेरास्ववियु क्रान्तिकारीले जिम्मा लिएको हो।
विज्ञप्तिमा स्कुलले चर्को शुल्क असुलेको, अभिभावकहरूलाई शोषण गर्दै आएको थाहा पाएपछि पटकपटक चेतावनी दिँदासमेत प्रवाह नगरिएकोले चेतावनीस्वरूप बसमाथि आगजनी गरिएको भनिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले पनि आफूहरूले पनि विज्ञप्ति पाएको र आगजनी गर्ने व्यक्तिको पहिचान भइसकेको बताए।
बिहान सवा ८ बजे भरतपुर २० को दद्रेनी नजिकै स्मल हेभेन स्कुल बसमा पेट्रोल बम प्रहार गरि आगजनी गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय