जेठ २,हेटौंडा ।एक हप्ता अघि रोकिराखेको गाडिमा ठोक्किई गम्भीर घाईते भएका ट्र्याक्टर चालक लालबहादुर वाईबाको मृत्यु भएको छ।हेटौंडा-५ शान्तिनगर बस्ने ५२ वर्षिय वाईबाको चितवनस्थित पुरानो मेडिकलमा उपचारकै क्रममा आज पौने ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
प्रवक्ता भण्डारीका अनुसार गत बैशाख २७ गते हेटौंडा उपमहानगरपालिका-५ बानियाँ टोलस्थित भित्री सडकमा पार्किङ गरिराखेको गाडिमा खेत जोतेर आउँदै गरेको ट्र्याकटर आँफै अनियन्त्रित भई ठोक्किँदा चालक वाईबा घाईते भएका थिए। वाईबालाई हेटौंडा अस्पतालमा सामान्य उपचार पछि सोही दिन थप उपचारका लागि चितवन पठाईएको थियो।
पार्कीङ गरी राखेको ना ४ च ४१४२ नम्बरको गाडी र खेत जोतेर आउदै गरेको बा.प्र.०३-००१ त ३१८ नम्बरको ट्र्याक्टर प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय