जेठ १२,जनकपुर। नागरिक्ता किर्ते गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएको भन्दै शुक्रबार साँँझ अस्पताल भर्ना भएका छन्। सिरोहिया जनकपुरस्थित एक निजी अस्पतालमा भर्ना भएका हुन्। प्रहरीका अनुसार सिरोहिया शुक्रबार अपरान्ह सम्म सामान्य अवस्थामा रहेका थिए।
प्रादेशिक अस्पतालमा परीक्षण गर्ने आवश्यक उपकरणको अभावमा उनलाई सुविधा सम्पन्न काव्या अस्पताल प्रालि लगिएको बताईएको छ।यद्धपी एचटिपी खबरले प्रशारण गरेको भिडीयोमा भने सिरोहिया उपचार गराउन भन्दा पनि केही विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्ने अभिप्रायले निजी अस्पताल भर्ना भएका हुनसक्ने बताईएको छ। एचटिपीले सिरोहिया अस्पताल भर्ना भएपछि शुक्रबार राती नै अस्पताल पुगी स्थलगत भिडीयो सामग्री प्रकाशन गरेको थियो।
चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको अचानक स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल लगीएको र त्यँहा सामान्य चेकजाँच पछि अन्यत्र रेफर गरीएको प्रादेशिक अस्पतालका एक चिकित्सकले बताएको भिडीयोमा देख्न सकिन्छ।
उनलाई पहिलेदेखि नै मधुमेह,उच्च रक्तचाप लगायतका समस्या रहेको जनाईएको छ।
कान्तिपुरले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै शृंखलाबद्ध समाचार प्रकाशित गर्दैआएकाले प्रतिशोधपूर्वक आफूलाई गिरफ्तार गरिएको सिरोहियाले बताउँदै आएका छन् ।
यद्धपी सामाजिक संजाल प्रयोगकर्ता अधिकांशले सिरोहिया नागरीक्ता किर्ते गरेको अभियोगमा पक्राउ परेको भन्दै गृहमन्त्रीप्रती आभार व्यक्त गरीरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय