जेठ १५,हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेका दुई गाउँपालिकामा जिल्लामै सबै भन्दा धेरै बेरुजू रहेको पाइएको छ । सबैभन्दा बढि बेरुजू बकैया गाउँपालिकाको रहेको छ । बकैयाको कुल लेखापरीक्षण रकमको २.९३ प्रतिशत बेरुजू कायम भएको छ । बागमती गाउँपालिकाको २.११ प्रतिशत बेरुजू कायम भएको प्रतिवेदनमा उल्लेख छ ।
मकवानपुर जिल्लामै सबैभन्दा कम बेरुजू भएको पालिका इन्द्रसरोवर गाउँपालिकाको भएको छ । महालेखा परीक्षकको कार्यालयले १३ जेठमा राष्ट्रपतिलाई बुझाएको ६१ औं प्रतिवेदनमा यस्तो पाइएको हो ।
इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को बेरुजू ०.२४ प्रतिशत मात्र कायम भएको छ । इन्द्रसरोवरपछि थाहा नगरपालिकाको बेरुजू ०.६३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिकाको १.८८ प्रतिशत, कैलाश गाउँपालिकाको १.४७ प्रतिशत, भीमफेदीको १.१३ प्रतिशत, मकवानपुरगढीको ०.७८ प्रतिशत, मनहरीको १.४२ प्रतिशत र राक्सिराङको १.५० प्रतिशत रहेको छ ।
यो प्रतिवेदनमा उल्लेख भएको बेरुजू आर्थिक वर्ष २०७९÷०८० को मात्र हो । पालिका अनुसारको विस्तृत लेखापरीक्षण प्रतिवेदन हालसम्म महालेखापरीक्षकको कार्यालयले वेवसाइटमा अद्यावधिक गरिसकेको छैन ।जनपत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय