जेठ १५,हेटौंडा। नागरीक्ता किर्ते गरेको आरोपमा धनुषा प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्ुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं लगिएको छ। उनलाई मंगलबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए। जनकपुरको काव्या अस्पतालमा रहेका उनलाई थप उपचारका लागि काठमाडौंमा पठाउन रिफर भएसँगै हेलिकप्टरमार्फत पठाइएको डिएसपी अवाले बताए।
उनलाई सिधै मेडिसिटी अस्पतालमा पु¥याएर भर्ना गरीने बताईएको छ ।
धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले सोमबार नागरिकतासम्बन्धी कसुर (झुट्टा विवरण पेश गरी किर्ते गरेको) मा सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। अनुमतिसँगै अदालतले अनुसन्धानमा शीघ्रता अपनाउन आदेश दिएको हो।
‘प्रतिवादी कैलाशप्रसाद सिरोहिया बिरामी भएको र मिसिल संलग्न काव्या अस्पतालको रिपोर्ट हेर्दा र उनको स्वास्थ्य अवस्थाको प्रतिकूलतालाई विचार गर्दा अनुसन्धानमा शीघ्रता र उपयुक्त अस्पतालमा लागि उपचार गराउनु तथा उनले नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको चिकित्सकबाट परीक्षण गराउन उपयुक्त हुने हुँदा सोको लागि आवश्यक व्यवस्था गर्नु गराउनु,’ आदेशमा भनिएको छ।
सिरोहियाले नाागरीक्ता किर्ते गरेको भन्दै उजुरी परेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति पाएपछि सिरोहियालाई सोहि दिन साँझ काठमाण्डौबाट पक्राउ गरी प्रहरीले धनुषा पु¥याएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय