जेठ १६,हेटौंडा ।मकवानपुरको भीमफेदीमा ५ जना सवार कार दूर्घटना हुँदा नाम,वतन खुल्न नसकेका एक नाबालिका र एक पुरुषको मृत्यु भएकोछ।मकवानपुर प्रहरीका अनुसार बुधबार साँढे ४ बजे भीमफेदी गाउँपालिका-६ जुरीखेतमा बा६च ९३७९ नम्बरको कार आफैं अनियन्त्रित भै सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको हो। भीमफेदी -कुलेखानी -काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको उक्त कार दूर्घटनाग्रस्त भएपछी घाईतेहरुको ईलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी टोलीले उद्वार गरेको हो। कारमा २ जना महिला,२ जना पुरुष र १ जना नाबालिका सवार रहेको प्रहरीले जनाएको छ।घाईते दुईजना महिलाको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भौरहेको र एक पुरुषलाई अस्पताल ल्याईँदै गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय