जेठ १६,हेटौंडा ।मकवानपुरको जुरिखेतमा बुधबार भएको कार दूर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ। घाईते २ जना महिलाको उपचार भैरहेको छ।मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका-८ बेलुवाका २६ वर्षिय अर्जुन नेपाली र उनकी ३ महिने छोरी अर्जिता भित्रकोटी छन्। कारमा ५ जना सवार थिए।
दूर्घटनामा मृत्यु भएका कार चालकको सनाखत हुन सकेको छैन।
घाईते महिलाहरुमा मनहरी-८ बेलुवाकि २३ वर्षिया सरिता परियार र चितवनको राप्ती नगरपालिका-१ लोथरकी ३५ वर्षिया सानोकान्छी तामाङ छन्।
उनिहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ। घाईते दुबैको हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
बुधबार अपरान्ह साँढे ४ बजे काठमाडौबाट हेटौंडातर्फ आईरहेको बा६ च ९३७९ नम्बरको कार भीमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत भीमफेदी-६ स्थित जुरिखेतमा दूर्घटनाग्रस्त बनेको थियो।
प्रहरीका अनुसार कार सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको हो।





