जेठ १८,सिंगौल ।बाराको निजगढ नगरपालिका अन्तर्गत पर्ने सिंगौल क्षेत्रमा २३घण्टा देखि अवरुद्ध विद्युत आपूर्ति सुचारु भएको छ।बिहिवार साँझ वर्षासंगै आएको हुरिबतासले रुखको हाँगा भाँच्चिदा सडक किनारामा रहेको बिजुलीको पोल ढलेको थियो। हुरिबतासले निजगढ-सिंगौल सडकखण्डको सुकेपोखरी टर्निङमा सडक किनारामा रहेको जमुनाको हाँगो लाछिएर बिजुलीको तारमा बजारिँदा एउटा पोल ढलेको हो।उक्त पोल ढलेपछी यस क्षेत्रमा हिजो साँझ देखि विद्युत आपूर्ति बन्द थियो।
शुक्रबार बिहानैदेखी जनप्रतिनिधि ,प्रहरी,विद्युत प्राधिकरणका कर्मचारी र स्थानीय समाजसेवीको सक्रियतामा अर्को पोल जडान गरि विद्युत आपूर्ति सुचारु गरिएको हो।

विद्युत आपूर्ति अवरुद्ध भएपछि सिंगौलका स्थानीय मूख्यगरी खानेपानीको मारमा परेका थिए। यहाँका खानेपानी संस्थासंग वैकल्पिक उर्जाका लागि जेनेरेटर भएपनी ईन्धन अभावमा जेनेरेटर संचालन गर्न नसकिएको खानेपानी संस्थाका एक कर्मचारीले बताए।
रुखका हाँगा र बिजुलीको पोलले आंशिकरुपमा अवरुद्ध रहेको सडक भने स्थानिय युवाहरुको सक्रियतामा हिजै साँझबाट सुचारु गरिएको थियो।

हुरिबतासले बिजुलिको पोल ढालेपछी अवरुद्ध सडक।

निजगढ नगरपालिकाले ३ ओटा वडामा समेटेको साबिक भरतगंज सिंगौल गाबिस पूर्व-पश्चिम महेन्द्र राजमार्गबाट ५ किलोमिटर उत्तरमा अवस्थित छ।यस क्षेत्रमा हरेक वर्षायाममा ढल्ने रुखले सडक र विद्युत अवरुद्ध गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय