भदौ ९,हेटौंडा।वागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको निवासमा आगलागी भएको छ। मन्त्री ठकुरीको हेटौडा-९ लामसुरे स्थीत सरकारी निवासमा आईतवार साँझ पौनेआठ बजे तिर आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार मन्त्री निवासको माथिल्लो तलाको सभाहलमा बिजुलिको तार सर्टभई अचानक आगलागि भएको हो।
आगलागीबाट सभाहलमा रहेको ४ थान इन्भर्टर ब्याट्री उक्त ब्याट्रीको पावर सप्लाई बक्स १ थान,वाईफाई राउटर १ थान, गलैँचा १ थान, कार्पेट र जिप्सनमा क्षति पुगेको छ।
आगलागीबाट कुनै मानवीय क्षती नभएको तथा आगो नेपाल प्रहरी र दमकलको सहयोगमा साझँ ७ बजेर ५५ मिनेटमा पुर्ण रुपमा नियन्त्रणमा लिईएको डिएसपी भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय