कार्तिक ३०,हेटौंडा। हेटौंडा नगर खेलकुद विकास समितिले हेटौंडा उपमहानगरपालिका स्तरिय `हेटौंडा रन ´प्रगियोगिता गर्ने भएको छ। प्रतियोगिता आगामी मंसिर ४ गते बिहान ७ बजे हुनेछ।
प्रतियोगिताका लागी हेटौंडाको बुद्धचोकबाट भैरवरोड,लक्ष्मी स्कुल,नवोदय स्कुल,थाहाचोक,शित्तलमहल हुँदै पुन:बुद्धचोकसम्मको ५ किलोमीटरको रुट तय गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार,द्वितीय हुनेले १५ हजार,तृतीय हुनेले १० हजार,चौथो र पाँचौ हुनेले क्रमशः ५ र ३ हजार प्राप्त गर्नेछन्।त्यसैगरी २ जनालाई २/२ हजारका दरले प्रोत्साहन पुरस्कार पनि प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिनुभयो।
प्रतियोगितामा सहभागी हुन १६ वर्ष पूरा भएको हेटौंडा उपमहानगरबासी हुनुपर्ने,नाम दर्ता गर्न आउँदा सक्कल नागरिक्ता वा जनमदर्ता प्रमाणपत्र साथै ल्याउनुपर्ने,बिरामी तथा दीर्घरोगीहरुलाई प्रतियोगितामा सहभागी नगराईने र त्यस्ता व्यक्तिहरुले आफुखुसी सहभागिता जनाए आईपर्ने कुनै दूर्घटनाको जिम्मेवार स्वंय प्रतियोगी हुने लगायताका शर्त हरु राखिएको छ।



