कार्तिक ३०,हेटौंडा। मकवानपुर प्रहरीले सुनका गहना चोरी गर्ने दुईजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा हेटौंडा-१५ घर भै भैरव रोडस्थित डेरामा बस्ने २४ वर्षिय मनोज पुलामी र चोरीका गहना खरिद गर्ने हेटौंडा-७ नागस्वतीस्थित शिवशक्ती सुनचाँदी पसलका संचालक २५ वर्षिय धीरज विश्वकर्मा छन्।

पुलामीले हेटौंडा-८ कमानेका सन्तोष अधिकारीको घरबाट गत कार्तिक ७ गते साँढे तीन तोला सुन र ५ तोला चाँदिका गहना,नगद र मोबाईल चोरी गरेका थिए।

पुलामीलाई सोधपुछ गर्दा चोरीका केही थान गहना शिवशक्ती सुनचाँदी पसलका संचालक विश्वकर्मालाई बिक्री गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु आर्यालले जानकारी दिनुभयो।

उनिहरुलाई चोरीका गरगहनासहित बिहिवार पक्राउ गरी जिल्ला अदालत मकवानपुर, हेटौडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रवक्ता अर्यालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय