चैत्र२६,निजगढ। नेपाल कम्युनिष्ट पार्टी एमाले निजगढ नगर कमिटीको तेश्रो अधिवेशन आगामी बैशाख तेस्रो साता हुने भएको छ ।
सोमवार नगर कमिटी अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा बसेको नगर सचिवालय बैठकले बैशाख १८र १९ गते २ दिन नगर अधिवेशन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले बैशाख ७ गते सम्म सबै वडा अधिवेशन तथा भेला सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
हालसम्म ६ ओटा वडाको अधिवेशन तथा भेला सम्पन्न भैसकेको र बाँकी ७ ओटा वडाको पनि निर्धारित समय मै अधिवेशन सक्ने तयारी भईरहेको नगर सचीव तिलक घलानले जानकारी दिए।
पार्टी विधान अनुरुप कमिटीमा युवा सहभागितालाई सुनिश्चित गराउने उनको भनाई छ।
कमिटीमा ४०% युवा सहभागिता सुनिश्चित गराउनुपर्ने पार्टी विधानमै उल्लेख भएको उनले बताए।



