जेठ११,काठमाडौ।तत्कालीन सवामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाउने रोशनी शाही मृत फेला परेकी छ्न्।
जाजरकोट घर भएकी ५० वर्षिया शाही आइतवार दिउँसो १:५० बजे भक्तपुरको सुर्यविनायक नगरपालिका-३ बालकोट, बृहस्पति मार्गस्थित डेरामा मृत फेला परेकी हुन्।
उनि लक्ष्मीश्वर महत्तोको ३ तल्ले पक्की घरको पहिलो तलामा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चुकुल लगाईएको कोठाभित्र उनी घोप्टो अवस्थामा मृत फेला परेकी हुन्।
उनको शरीरमा बाहिरी चोटपटक केही नदेखिएको प्रहरीले जनाएको छ।यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
संसद सचिवालयमा महराको सहयोगीको रुपमा कार्यरत शाहीले २०७६ साल असोज १२ गते आफुलाई जबर्जस्ती करणी गरेको भन्दै महरालाई आरोप लगाएकी थिईन्।
उक्त आरोपपछि महराले सवामुख पदबाट असोज १४ गते राजिनामा दिएका थिए भने उनी तत्कालै पक्राउ पनि परेका थिए।
पछि रोशनीले बयान फेरेपछी महरालाई जिल्ला अदालत काठमाडौले २०७६ फागुनमा सफाई दिँदै रिहा गरेको थियो।



