जेठ१६,हेटौंडा। बाराको निजगढ नगरपालिकाले केरा खेतीको बीमा गर्ने कृषकहरुलाई स्प्रेयर ट्यांकी वितरण गर्ने भएको छ।

नगरपालिकाकाले आर्थिक वर्ष ८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५०% अनुदानमा स्प्रेयर वितरण गर्न लागेको शुक्रवार एक सूचना प्रकाशित गरि जानकारी गराएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटाद्वारा हस्ताक्षरित सूचनामा ५ बिगाहा सम्म खेती गर्ने कृषकलाई एउटा र सो भन्दा माथी खेती गर्नेलाई दुईओटाको दरले ट्यांकी वितरण गरिने उल्लेख छ।

ईच्छ्कु किसानले माग निवेदन,कृषकले ईच्छाएको व्यक्तिको नागरिक्ताको प्रतिलिपी र आर्थिक वर्ष ८१/८२ को बीमा लेख नम्बर र रसिदसहित सूचना जारी भएको मितिले ५ दिनभित्र कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

निजगढ नगरपालिका अन्तर्गत निजगढ र सिंगौल क्षेत्रलाई केरा पकेट क्षेत्र घोषणा गरिएको छ।

कृषकले केरा लगायतका अन्नबालीमा किटनाशक औषधि छिट्न स्प्रेयर ट्यांकीको प्रयोग गर्ने गर्छ्न्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय