जेठ२३,निजगढ। बाराको निजगढमा जारी प्रथम नगर स्तरीय अन्तर विद्यालय क्रीकेट प्रतियोगिता अन्तर्गत आज शुक्रवार हुने सेमिफाइनल खेलको विजेता र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका संस्थापक नगर अध्यक्ष एवं जिल्ला सचिव रामहरि खरेलले ब्याट र क्रीकेट बल प्रदान गर्ने भएका छन्।
उनले खेलाडीहरुको हौसला बढाउने उदेश्यले खेल सामग्री प्रदान गर्न लागेको बताए।

आज गौरीशंकर-८ र होलि एंजल्स स्कुलबिच सेमिफाइनल खेल हुँदैछ। विजेता टिम प्रतियोगिताको फाईनलमा प्रवेश गर्ने छ।
निजगढ नगर खेलकुद विकास समितिको आयोजना र निजगढ क्रीकेट क्लबको व्यवस्थापनमा निजगढ-६ स्थित मैदानमा प्रतियोगिता जारी छ।
विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष निर्मल सापकोटाले जानकारी दिएका छन्।



