जेठ३०,हेटौंडा।मकवानपुर प्रहरीले हेटौंडाबाट चोरी भएको एउटा स्कुटर बाराको सिमरा चोकमा फेला पारेको छ।
सर्लाहीको बयलबास नगरपालिका-४ का १९ वर्षिय निश्चलजंग थापाले चोरी गरी लैजाँदै गरेको अवस्थामा उक्त स्कुटर फेला पारेको प्रहरीले जनाएको छ।
गत जेठ २४ गते साँझ ६ बजे हेटौंडा-८ कमाने बस्ने २२ वर्षिया निष्मा थापाले संचालन गर्दै आएको बा.प्र. ०३-००५ प ३८४६ नम्वरको स्कुटर आफ्नै घर अगाडी पार्किङ गरि राखेको ठाउँबाट हराएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले ईलाका प्रहरी कार्यालय सिमरासँग समन्वय गरि खोजतलास गर्ने क्रममा उक्त स्कुटर विहिवार फेला पारीएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
स्कुटरसहित पक्राउ परेका थापालाई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा ५दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको डिएसपी अर्यालले बताए।



