असार१,वीरगंज। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत पर्सामा समेत मुद्दा दर्ता भएको छ । वीरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा लामिछानेविरुद्ध अस्ति शुक्रवार सहकारी ठगी तथा संगठित अपराधको मुद्दा दर्ता भएको हो ।

जिल्ला अदालत पर्साका सूचना अधिकारी राम नरेश महतोका अनुसार लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दर्ता भएको हो । सो प्रकरणमा उनीसहित अन्य २९ जनालाई प्रतिवादी बनाइएको छ ।

उक्त सहकारीले ५ हजार ८ सय ७३ जना बचतकर्ताको जम्मा २ अर्ब ३० करोड १४ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

सोही प्रकरणमा छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार बिगो मागदाबी सहित मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय