असार१५,सिंगौल।बाराको निजगढ नगरपालिका-३ स्थित सिंगौलमा नयाँ खानेपानी डिप बोरिङको शिलान्यास गरिएको छ।
आज आईतवार राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवको अवसर पारेर सिंगौल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पुरानो बोरिङ भएकै क्षेत्रमा नयाँ बोरिङको शिलान्यास गरीएको हो।
चालुआर्थिक वर्षमा निजगढ नगरपालिकाद्वारा बिनियोजित २० लाख रुपैयाँको लागतमा डिपबोरिङ गर्न थालिएको वडाध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले जानकारी दिए।
स्वच्छ पिउने पानी संचालन भैरहेको पुरानो बोरिङमा २०७२ सालको भूकम्पपछी पानीको बहाव घट्नुका साथै वर्षायाममा धमिलो र बालुवा मिश्रित पानी संचालन हुँदै आएको थियो।
एस एस वाटर ट्युववेल कन्स्ट्रक्सन प्रा. लि,भरतपुर-१० चितवनको कम्पनीले ११० मिटर गहिराईसम्म बोरिङ गर्ने ठेक्का सम्झौता भएको वडाध्यक्ष तिमल्सिनाले बताए। उनका अनुसार ३ दिनभित्र बोरिङ कार्य सम्पन्न गरिसक्ने ठेकेदार कम्पनीले प्रतिवद्वता व्यक्त गरेका छन्।
डिपबोरिङ कार्य सम्पन्न भएपछी वडावासीले वर्षौँदेखी शुद्ध खानेपानीका लागी खेप्दै आएको सास्तीबाट मुक्ती पाउने तिमल्सिनाले विश्वास व्यक्त गरेका छन्।
शिलान्यास कार्यक्रममा सिंगौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष गोपालप्रसाद सापकोटा,कार्यपालिका सदस्य मानबहादुर डाँसेली,वडासदस्य बुर्गानमाया बल,वडा नम्वर २ का पूर्व वडाध्यक्ष केशवप्रसाद ढोडारी,समाजसेवीहरु रीतबहादुर बल,नौमान भोलन,वडा कार्यालय सहयोगी बिमला भुजेल लगायतको उपस्थिती थियो।
तस्विरसहित सिंगौलबाट संचारकर्मी वसन्त लामाको सहयोगमा।



