असार१६,हेटौंडा। मकवानपुरको हेटौंडामा रुख ढलेर लाग्दा मोटरसाइकल चलाईरहेका एकजना भारतीय नागरिक घाईते भएका छन्।

सोमवार मध्यान्ह सवा १२ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अनतर्गत हेटौंडा-१५ स्थित रिद्दिसिद्दी सिमेन्ट फ्याक्ट्री जाने बाटो नजिकै सडकमा एक्कासि सालको रुख ढल्दा भारतको मधुवन-५ बस्ने अन्दाजी २० वर्षिय युवक कन्हैया कुमार घाईते भएका प्रहरीले जनाएको छ।

कन्हैया BR32AK 1241भारतिय नम्वरको मोटरसाइकलमा वीरगंजतर्फबाट हेटौंडा आउँदै गरेका थिए।

उनलाई रुखले लागेर टाउकोमा चोट लागेको र हाल हेटौंडा अस्पतालमा मध्यम अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

केहिबेर अवरुद्ध बनेको सडक प्रहरी टोलिले रुख काटी,पन्छाई पूर्णरुपमा सुचारू गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय