कार्तिक२७,बारा।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाराले आफ्नो संगठन RAT(र्यापिड एक्सन टिम) संयोजकको जिम्मेवारी आदित्य मेहतालाई प्रदान गरेको छ।
जिल्ला कमिटीको बुधवार बसेको बैठकले मेहतालाई र्याट संयोजकको जिम्मेवारी प्रदान गरेको हो।
कलैया उपमहानगरपालिका-१३बलिरामपुर निवासी मेहता स्नातक अध्यनरत बिद्यार्थी हुन।
भाद्र २३ गते जेनजीको शान्तिपूर्ण बिरोध प्रदर्शनमा कलैया उपमहानगरपालिकाको भरत चोकमा ब्यानरसहित प्रदर्शन गर्ने ४ मध्ये उनीपनि एक थिए।तर,भोलिपल्ट २४ गते आन्दोलन उग्र हुँदा उनि आन्दोलनमा सहभागी नभएका जिल्ला सभापति चन्दन स्वर्णकार बताउँछन्।
“२४ गतेको आन्दोलन शान्तिपूर्ण गर्न र आगजनी, लुटपाट, तोडफोड नगर्न उनले स्वतन्त्ररुपमा बिज्ञप्ति समेत जारी गरेका थिए।” स्वर्णकारको भनाई छ।
गत २०७९ साल भदौ २९ गते केन्द्रिय सभापति रवि लामिछानेको उपस्तिथिमा बारा जिल्लाको पहिलो भेला हुँदा देखि नै रास्वपामा आबद्ध मेहता स्थानीय युवामाझ लोकप्रिय छन्।



