मंसिर१५,हेटौंडा।नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टीको आसन्न ११औं महाधिवेशनमा सचिव पदमा उमेदवारी दिने भएका छन्।

पूर्व खेलकुदमन्त्री समेत रहेका पौडेलले सचिव पदमा उम्मेद्वारी दिने पक्का भएको एमाले निजगढ नगर कमिटीका अध्यक्ष तिलक घलानले जानकारी दिए।

पार्टीप्रतिको योगदान र लोकप्रियताका बाबजुद विगतका महाधिवेशन र पार्टीको साङ्गठानिक अवसरबाट बञ्चित हुँदै आएका पौडेलले ईश्वर पोखरेल समूहको तर्फबाट सचिव पदमा उम्मेद्वारी दिने पक्का भएको घलानको दाबी छ।

मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ।

पौडेल खेलकुदमन्त्री हुँदा युवा परिषद गठनदेखि मन्त्रालयको बजेट बृद्धि र खेलकुदका थुप्रै संरचनाहरुको काम अघि बढाएका थिए।त्यस्तै उनले नेपाल खेलकुद महासंघको नेतृत्व सम्हाल्दा देशभरका सबै जिल्लामा महासंघको जिल्ला कमिटी गठन र सबै प्रदेशमा सङ्गठन बिस्तार पनि गरेका थिए।

सदाचारी जिवन यापनमा रमाउने पौडेलप्रती कार्यकर्ताहरुको झुकाव रहेको पनि देखिन्छ। पार्टीभित्र पौडेललाई सङ्गठन बुझ्ने, कार्यकर्ताको भावना बुझ्ने, सुन्ने र काम गरेर देखाउने नेताका रुपमा चित्रण गरिन्छ।

अन्य आकांक्षी को-को हुन्?

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा पौडेलसहित सचिव पदका आकांक्षीहरुको संख्या भने तीन दर्जन हाराहारी पुग्ने देखिएको छ।

गत भदौ तेस्रो साता सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनले स्थायी कमिटी खारेज गरेको थियो।उक्त निर्णयले स्थायी कमिटीमा रहेका नेताहरु सचिव पदका आकांक्षी भएका हुन्।

हाल स्थायी कमिटीमा रहेका नेताहरु भीम आचार्य, खगराज अधिकारी, किरण गुरुङ, लालबाबु पण्डित, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, डा. राजन भट्टराई, कर्ण थापा, हिक्मत कार्की, अग्नि खरेल, विन्दा पाण्डे, राजेन्द्र गौतम, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, शेरधन राई, यमलाल कँडेल, गोरखबहादुर बोगटी, सीताकुमारी पौडेल, थममाया थापा, लीलानाथ श्रेष्ठ,सूर्य थापा, महेश बस्नेत, गोकुल बाँस्कोटा, महेश बर्तौला, ज्वालाकुमारी साह, सुनिता बराल लगायत सचिव पदका आकांक्षी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय