मंसिर २५,निजगढ।राष्ट्रिय स्वतन्त्र पार्टी, बाराको बिस्तारित बैठक यहि मंसिर २७ गते बस्ने भएको छ।
बिहान ११ बजे देखि जिल्लाको प्रसौनी-२ स्थित हुलाकी सडकको दुधौरा पुल नजिक बैठक बस्ने तय भएको जिल्ला सभापति चन्दन स्वर्णकारले जानकारी दिएका छन्।
बैठकमा आगामी पुस ५ गते हुने आमसभाको पूर्वतयारीको विषयमा छलफल र निर्णय गरिने स्वर्णकारले बताए।
जिल्लामा हुने पहिलो बृहत आमसभालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाईएको छ।



