पुस १,निजगढ।स्वास्थ्य,वातावरण र पर्यटनका लागी साईक्लिङ भन्ने  नारा अवलम्बन गर्दै आएको निजगढ राईडर क्लब “आठौँ टुर दी पोखरा”मा सहभागी हुन जाने भएको छ।

साईकल सिटी पोखराले यहि पौष ५ गते आयोजना गर्न लागेको कार्यक्रममा सहभागिता जनाउन क्लबका ९ जना सदस्यहरु त्यसतर्फ जान लागेका क्लबका भाईस प्रेसिडेन्ट भुपेन्द्र सापकोटाले जानकारी दिए।

सदस्यमध्ये आधिजसो निजगढदेखि नै साईक्लिङ गर्दै र आधिजसो बसमार्फत पोखरा जाने तयारी भईरहेको सापकोटाले बताए।

उनका अनुसार कार्यक्रममा विश्व साईकल यात्री पुष्कर शाहसहित नेपाल भरिका साईकल राईडर्स भेला हुनेछन् ।

बिशेषत: पर्यटकीयस्थलहरुको प्रवर्द्धनका निम्ति आयोजना हुन लागेको उक्त कार्यक्रमका सहभागीहरुले पोखराका विभिन्न पर्यटकीयस्थलहरुको भ्रमण गर्नेछन्।

कार्यक्रममा सहभागी ७० वर्ष माथी र ११ वर्ष मुनिका राईडर्सलाई सम्मान गर्दै सहभागी सबैलाई मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ।

निजगढ राईडर क्लबबाट भुपेन्द्र सापकोटा,रामचन्द्र स्याङतान,नेत्रबहादुर कार्की,सियारामकुमार चौधरी,राजु श्रेष्ठ,चिरन्जीवी पौडेल,तारानाथ आचार्य,केदारप्रसाद चौलागाईं र
दीपक सापकोटा कार्यक्रममा सहभागी हुन लागेका बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय