फागुन २२,हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावमा प्राप्त सफलतापछि देशभर कतै पनि विजयी र्याली वा उत्सव नगर्ने घोषणा गरेको छ।
पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले पार्टीको यो उपलब्धिलाई पद वा शक्तिको जीत भन्दा पनि जनताको विश्वासको रूपमा व्याख्या गरेका छन्।

“हामीले देशभर कहिँ पनि विजयी र्याली गर्नेछैनौँ। यो जीत रास्वपाको मात्र होइन, परिवर्तन चाहने आम नेपाली जनताको हो। त्यसैले हामी उत्सव मनाउनु भन्दा जनताका अधुरा काम पुरा गर्न र उनीहरूको सेवामा केन्द्रित हुनेछौँ।”उपसभापति अर्यालले भने।
उनले अहिलेको समय खुसीयाली मनाएर समय खर्चिने नभई प्राप्त जनमतको सम्मान गर्दै जिम्मेवारी पुरा गर्ने बेला हो भनेका छन्।
यो निर्णयले नेपाली राजनीतिमा जीत पछिको भड्किलो प्रदर्शनको परम्परालाई तोड्ने प्रयास गरेको छ।



