साउन २८, हेटौंडा। गत भदौ २३/२४ गते भएको जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौँबाट फरार भएका १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका लागुऔषध (अफिम) मुद्दाका कैदी पक्राउ परेका छन्।

मकवानपुरको थाहा नगरपालिका वडा नं. ११ (साविक टिष्टुङ गाविस वडा नं. ३) ठूलो ठाडे बस्ने ६० वर्षका मेक्सो लो लाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार साँझ पक्राउ गरेको हो।

पक्राउ लगत्तै उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँमा बुझाइएको प्रहरीले जनाएको छ।

​वि.सं. २०७७ साल माघ १८ गते लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौँले उनलाई ३ किलोग्राम लागुऔषध अफिमसहित पक्राउ गरेको थियो।

सोही मुद्दामा अदालतबाट सजाय तोकिएर कारागारमा कैद भुक्तान गरिरहेका उनी देशमा भएको जेनजी आन्दोलनको अराजकताको फाइदा उठाउँदै कारागारबाट फरार हुन सफल भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय