कार्तिक ४,निजगढ। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित ब्रहमबाबा चौर नजिकैको नहरमा ५६ वर्षीय हरिनारायण सहनी मृत अवस्थामा फेला परेका छन्।

​स्थानीयवासी हरिनारायण सहनी हिजो ३ गते राति मृत अवस्थामा रहेको देखेपछि निजका छोरा राम विनय सहनीले आज बिहान करिब ०६:०० बजे नहरबाट शव निकालेर डिलमा राखेका थिए।

त्यसलगत्तै बिहान ०६:२० बजे इलाका प्रहरी कार्यालय जितपुरलाई खबर गरिएको थियो।
​घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश निरौलाको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित बनाएको थियो।

​त्यसैगरी, घटनाको प्रारम्भिक अनुसन्धान तथा सर्जिमिन मुचुल्का तयार पार्नका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा ‘सोको’ (SOCO) सहित ५ जनाको विशेष टोली घटनास्थल पुगेको थियो।

बिहान ०८:१५ बजे घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ।

अस्पतालमा पोस्टमार्टम पश्चात् बिहान ११:२५ बजे मृतकका छोरा विनय सहनीले शव बुझिलिएका छन्।
​घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय