१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेर प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । उता कोशीका निवर्तमान मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताएका छन् । सर्वोच्च अदालतले अल्पमतले बहुमतलाई शासन गर्नेगरी फैसला दिए पनि सम्मान गर्ने राईले बताए ।
‘अल्पमतले बहुमतलाई शासन गर भन्ने खालको सर्वाेच्चको फैसला आयो, तर त्यसलाई हामी सम्मान गर्छाै’, राईले भने, ‘कानुनी शासन पालना गर्ने पार्टी भएकाले यसलाई स्वीकार गर्छाैं ।’
सर्वाेच्चले मुख्यमन्त्री थापालाई पदमुक्त गर्दै संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएपनि यो सरकारको आयु पनि ३० दिन मात्रै रहेकाले अर्को सरकार बनाउन लागिपर्ने कांग्रेस नेता राईले बताए ।



