२७ भदौ ,काठमाडौं । मुलुकी अपराध संहिताले नेपालमा बहुविवाह दण्डनीय हुने व्यवस्था गरेको छ । विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै पनि महिलाले विवाह गर्न नहुने व्यवस्था रहेको छ ।
बहुविवाह गर्ने गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद, दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था पनि ऐनमा गरिएको छ ।
तरपनि शिक्षकले बहुविवाह गरेको खण्डमा भने अब विशेष सजाय हुने भएको छ ।बु्धबार संघीय संसद्मा शिक्षा ऐन संशोधन विधेयक दर्ता भएको छ । उक्त विधेयकमा ‘शिक्षकले बहुविवाह गर्न हुँदैन । बहुविवाह प्रचलित कानुनबमोजिम दण्डनीय भएकाले यस्तो कार्य गर्ने शिक्षकलाई विशेष सजाय हुने व्यवस्था प्रस्तुत ऐनमा गरिएको छ,’– विधेयकमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय