भदौ २७,काठमाडौं । हत्या आरोपमा प्रहरीले मकवानपुरका एक बृद्दलाई पक्राउ गरेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका घर भई काठमाडौं स्थित एक आश्रममा बस्ने अन्दाजी ७२ वर्षीय जगतबहादुर तामाङलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो । तामाङ काठमाडौं महानगरपालिका–८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्दथे ।
तामाङलाई सोही आश्रममा बस्ने मकवानपुरको भीमफेदी गाउँपालिका–४ घर भएका ५० वर्षीय अमरराज पुडासैनीको हत्या आरोपमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, तामाङले इँटा प्रहार गरी पुडासैनीको हत्या गरेका थिए । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय