भदौ २७,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा अवस्थित सन्चो अस्पतालमा कार्यरत दुइ जना डाक्टरमाथि कुटपिट भएको छ । एक महिना अगाडी अस्पतालमा उपचार गर्न लगिएका बिरामीको उपचारमा लापार्वाही गरेको भन्दै सन्चो अस्पतालमा कार्यरत डाक्टर द्वय बिकास थापा र प्रशान्त बिडारीलाई युवाहरुको समुहले एक्कासी अस्पतालमा आएर कुटपिट गरेको सिसिटिभी फुटेजमा देख्न सकिन्छ।
डेङ्गु र स्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सो अस्पतालमा उपचार गरिएको र पछि उपचारको क्रममा चितवनमा मृत्यु भएपछी त्यस घटनाको एक महिनापछी डाक्टरमाथी हातपात गरिएको हुनसक्ने आंकलन गरिएको छ।हातपात गर्ने को हुन् भन्ने विषयमा प्रहरीसँग सोधपुछ गर्दा सम्पर्क स्थापित हुनसकेको छैन।



