असोज १६, चैनपुर। बझाङमा मंगलबार एकैदिन ५ पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङलाई केन्द्रविन्दु बनाएर शुरुमा दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केल तथा ४ बजेर ३१ मिनेटमा ४.३ र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको हो । भूकम्पका कारण १३ जना घाइते भएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको पनी उनले बताए । भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् ।



