असोज २०,ईजरायल। प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आकस्मिक आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।
मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।
इजरायल र प्यालेस्टाइनको  लामो समयदेखिको खिचातानीबीच प्यालेस्टाइनी विद्रोही समूह हमासले शनीबार बिहान आकस्मिक आक्रमण गरेको हो । हमासको रकेट आक्रमणबाट हालसम्म ४० जनाको मृत्यु भएको छ भने हजार बढी घाइते भएको सूचना सार्वजनिक भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय