असोज ३०,निजगढ ।बाराको निजगढ नगरपालिका वडा नं ८ मा अवस्थित अवतार बचत तथा ॠण सहकारी संस्थाले कार्तिक १ गते देखि नयाँ नोट सटही गर्ने भएको छ।संस्थाले नजिकिँदै गरेको नेपालीहरुको महान चाड दशैँको अवसरमा निजगढवासीहरुको सुविधालाई ध्यान दिई कार्तिक १ देखि ३ गतेसम्म नयाँ नोट सटही गर्न लागेको जनाएको हो।
संस्थाका अध्यक्ष अजय लामाले आफ्ना शेयर सदस्य बाहेक अन्य सेवाग्राहीलाई पनि ५ हजार रुपैयाँका दरले नयाँ नोट सटही गर्ने बताएका छन्।अध्यक्ष लामाले निजगढस्थित मूख्य कार्यालयबाट कार्तिक १ देखि ३ गतेसम्म नोट सटहीको सुविधा दिईने र सिँगौलस्थित सेवाकेन्द्रबाट भने कार्तिक २ गते नयाँ नोट सटही गर्ने बताएका छन्।

नेपाल राष्ट्र बैंकले भने असोज २९ गते देखि नै दशैं,तिहार तथा छट पर्व लक्षित प्रतिव्यक्ति १८ हजार ५ शयका दरले नयाँ नोट सटही कार्यक्रम शुरु गरिसकेको छ।
दशैँमा मान्यजनहरुले टीका लगाईदिएपछी दक्षिणास्वरुप नयाँ नोट प्रयोग गर्ने चलन चलिआएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय