कार्तिक८, काठमाडौं। मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ।
उनले चलाएको हेलिकोप्टर गत असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।
उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो। मनाङ एयरले विज्ञप्ति निकाली चिकित्सकहरूको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ। सेढाईं कुशल र अनुभवी पाइलटका रूपमा चिनिन्छन्। मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।
दुर्घटनामा परी उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटना भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय