कार्तिक १३। तनहुँको भानु नगरपालिका–४ का ३२ वर्षीय राजकुमार तामाङको अरिङ्गालले टोकेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा दुई जना घाइते भएका थिए । घाइते दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको थियो । राजकुमारको सोही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, अरिङ्गालले टोकेर घाइते भएका भानु नगरपालिका–४ फलाखेत बस्ने २४ वर्षीय धनबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।





